देवघाट, २३ साउन । ईलाका प्रहरी कार्यालय देवघाटले देवघाट आसपास रहेका ५ सय वटा गाँजाको बोट नष्ट गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत देवघाट गाउँपालिका वडा नम्बर ५ सेतीभतेरिको बिभिन्न व्यक्तिगत एवंम सार्वजनिक स्थानहरुमा रोपेका तथा उम्रेका गाँजाका बोटहरु आज नष्ट गरेको हो।

ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेको नेतृत्वमा स्थानीय युवाहरु सहितको सहभागितामा सो गाँजाका वोटहरु फडानी गरी नष्ट गरिएको छ। साथै देवघाट देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेले लागुऔंषध दुव्यर्सनी कुलतकै कारण समुदायहरुमा विभिन्न आपराधीक घटनाहरु घटेको बताउदै पछिल्लो समय कुलतकै कारण धेरै युवाहरुको भबिस्य अन्धकार तिर गई रहेको समेत बताए।

इन्चार्ज लामिछानेले युवाहरूलाइ कुलत बाट जोगाउन देवघाट इलाका प्रहरी कार्यालयले लागुऔंषध दुव्यर्सनी सम्बन्धि सचेतना मुलुक कार्यक्रमहरु विभिन्न स्थानहरुमा गरिदै आएको बताए।