Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

देवघाटको सेतीभतेरिमा प्रहरीले ५ सय बोट गाँजा नष्ट गर्‍यो

देवघाटको सेतीभतेरिमा प्रहरीले ५ सय बोट गाँजा नष्ट गर्‍यो

images

आशिक राना

२३, श्रावण २०७८
देवघाटको सेतीभतेरिमा प्रहरीले ५ सय बोट गाँजा नष्ट गर्‍यो
images

देवघाट, २३ साउन । ईलाका प्रहरी कार्यालय देवघाटले देवघाट आसपास रहेका ५ सय वटा गाँजाको बोट नष्ट गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत  देवघाट गाउँपालिका वडा नम्बर ५ सेतीभतेरिको बिभिन्न व्यक्तिगत एवंम सार्वजनिक स्थानहरुमा रोपेका तथा उम्रेका गाँजाका बोटहरु आज नष्ट गरेको हो।

233617021_579423466800283_2669243642286208689_n.jpg

ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेको नेतृत्वमा स्थानीय युवाहरु सहितको सहभागितामा सो गाँजाका वोटहरु फडानी गरी नष्ट गरिएको छ। साथै देवघाट देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेले लागुऔंषध दुव्यर्सनी कुलतकै कारण समुदायहरुमा विभिन्न आपराधीक घटनाहरु घटेको बताउदै पछिल्लो समय कुलतकै कारण धेरै युवाहरुको भबिस्य अन्धकार तिर गई रहेको समेत बताए।

228943791_1003926673782784_5538437593241165342_n.jpg

इन्चार्ज लामिछानेले युवाहरूलाइ कुलत बाट जोगाउन देवघाट इलाका प्रहरी कार्यालयले लागुऔंषध दुव्यर्सनी सम्बन्धि  सचेतना मुलुक कार्यक्रमहरु विभिन्न स्थानहरुमा गरिदै आएको बताए।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १८:२२:०२ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology