घरेलु टिम बङ्गलादेशले तेस्रो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ । ढाकामा हिजो भएको खेलमा बङ्गलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गरेको हो । यससँगै बङ्गलादेशले अष्ट्रेलिया विरुद्धको पाँच खेलको सिरिज दुई खेल अगावै ३–० ले जितेको छ ।
यसअघि बङ्गलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो । अष्ट्रेलिया विरुद्धको सिरिजमा बंगलादेशको यो ऐतिहासिक सिरिज जितहो । बङ्गलादेशले पहिलो पटक अष्ट्रेलिया विरुद्धको सिरिज जितेको हो ।
यसअघि बङ्गलादेशले अष्ट्रेलियाविरुद्ध कुनै पनि फरम्याटको सिरिज जितेको थिएन । शेर बङ्गला नेसनल स्टेडियममा बङ्गलादेशले दिएको १ सय २८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।