Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले कार्यकर्ताको जोड एकतामा 

एमाले कार्यकर्ताको जोड एकतामा 

सिआईएन

२३, श्रावण २०७८
एमाले कार्यकर्ताको जोड एकतामा 
images

सुसिला श्रेष्ठ, काठमाडौं, २३ साउन । नेकपा एमाले भित्रको विवाद समाधान हुन ढिलाइ भइरहेका बेला कार्यकर्ताले भने एकतामा जोड दिएका छन् । नेता माधवकुमार नेपाल पक्षिय नेताहरुको बैठक स्थलमा जम्मा भएका कार्यकर्ताहरुले विवाद समाधान गरेर अगाडी बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

images
images

बझाङका सिद्धराज थापा पार्टी एक ढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको बताउनुहुन्छ । अर्घाखाँचीका सक्रिय कार्यकर्ता नारायण शर्मालाई पनि एकता हुनै पर्छ भन्ने लागेको छ, त्यसका लागि ओली र नेपाल दुबै पक्षले आफ्नो अडान त्याग्नुपर्ने उहाँ बताउनुहुन्छ ।  

एमाले भित्रको विवाद्ले तल्लो तहका कार्यकर्तालाई निराश बनाएको छ । पार्टी एक बनाउन दुबै पक्षले आत्मालोचना गर्नुपर्ने र हठ त्याग्नु पर्ने सङ्खरापुर १ काठ्माण्डौका रुपक दाहालको भनाइ छ ।

एमालेका दुबै पक्ष एकअर्कालाई विश्वास गर्न सक्ने अबस्थामा छैनन् । तर कार्यकर्ता भने विश्वास नै एकताको आधार मानिरहेका छन् । बिघटित कार्यदलले बसालेको एकताको जगमा उभिएर एमाले फुट्नबाट जोगाउनु् पर्ने कतिपय कार्यकर्ताको धारणा छ । 

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १०:१३:३७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology