Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

खोप केन्द्रबाट सङ्क्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाउन  स्वास्थ्य मन्त्रालयको निर्देशन 

खोप केन्द्रबाट सङ्क्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाउन  स्वास्थ्य मन्त्रालयको निर्देशन 

images

इच्छाकामना न्युज

१९, श्रावण २०७८
खोप केन्द्रबाट सङ्क्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाउन  स्वास्थ्य मन्त्रालयको निर्देशन 
images

काठमाण्डौ, १९ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना बिरुद्दको खोप लगाउने क्रममा भिभाड नगर्न, नगराउन सबैलाइ आग्रह गरेको छ ।  धेरै जसो खोप केन्द्रमा भिड देखिएको भन्दै आवश्यकता अनुसार खोप केन्द्र थप गर्न र भौतिक दुरि कायम गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापनबारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सम्पर्क व्यक्ति तोक्न सबै स्वास्थ्य कार्यालयलाइ निर्देशन दिनुभएको छ ।

मन्त्रालयले तोकेका लक्षित समूहलाई मात्रै खोप प्रदान गर्ने व्यवस्था कडाइका साथ लागू गर्न पनि भनेको छ ।  

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २१:११:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology