Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमति प्रदेश सरकारको लगानीमा मझिमटारको शंखादेवी माविमा छात्रावास सहितको नयाँ भवन बन्ने

बागमति प्रदेश सरकारको लगानीमा मझिमटारको शंखादेवी माविमा छात्रावास सहितको नयाँ भवन बन्ने

इच्छाकामना न्युज

१९, कार्तिक २०७७
बागमति प्रदेश सरकारको लगानीमा मझिमटारको शंखादेवी माविमा छात्रावास सहितको नयाँ भवन बन्ने
images

धादिङ, १९ कार्तिक । धादिङ स्थित बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारमा रहेको शंखादेवी माविमा छात्रावास सहितको नयाँ भवन निर्माण हुने भएको छ। बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्र बनाउन लागेको ५ वटा आवसिय विद्यालय भित्र मझिमटारको शंखादेवी मावि पनि परेपछि उक्त विद्यालयमा छात्रावास सहितको नयाँ भवन निर्माण हुने भएको हो। 
भवन निर्माणको लागि बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले पौने २ करोड बजेट अनुदानमा उपलब्ध गराउने भएको छ। 
यस्तै विद्यालयले नयाँ भवन निर्माणका लागि अनुदान पाउने भएपछि मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, स्थानीय शिक्षाप्रेमीहरु तथा राजनैतिक पार्टी प्रतिनिधिहरुसँग छलफल गरेको छ।

images
images

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं.९ का अध्यष सुरेश मल्लको अध्यक्षता रहेको कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवी प्रसाद सिलवालको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

चेपाङ समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको उक्त विद्यालयको आफ्नै २१ रोपनी जग्गा रहेको र सोही जग्गामा छात्र छात्राका लागि छुट्टा छुट्टै सुविधा सम्पन्न आवासीय भवन निर्माणका लागि डिपिआर तयार भैसकेको विद्यायका शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - ०८:२०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology