Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खोप बारेका भ्रमको पछि नलाग्न सरकारको आग्रह 

खोप बारेका भ्रमको पछि नलाग्न सरकारको आग्रह 

इच्छाकामना न्युज

१७, श्रावण २०७८
खोप बारेका भ्रमको पछि नलाग्न सरकारको आग्रह 
images

काठमाण्डौ, १७ साउन । सरकारले कोरोनाविरुद्धको खोपका बारेका बिभिन्न अफवाह फैलाइएको भन्दै सर्वसाधारण नागरिकलाई निर्धक्कका साथ खोप लगाउन अनुरोध गरेको छ । कोरोना महामारीबाट जोगिनका लागि एक मात्र विकल्पको रुपमा रहेको कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न हल्ला र भ्रम अझै पनि मानिसहरुमा रहेको भन्दै सरकारले निर्धक्कसाथ खोप लगाउन आग्रह गरेको हो ।

images
images

पछिल्लो समय नेपालमा कोभ्याक्स सुविधामार्फत् आएको अमेरिकी जोन्सन एण्ड जोन्सनको खोपले नकारात्मक असर पारेको हल्लाहरु सुनिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रमको पछि नलाग्न भनेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो ।

जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ज्यान्सिन १५ लाख ३४ हजार ८ सय ५० मात्रा आएको र हालसम्म १० हजारभन्दा बढीले लगाइसकेका छन् ।  

पछिल्लो २४ घण्टामा ३ हजार १सय ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् ।  

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ०९:३२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology