Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

असोज सम्म झन्डै २ करोड मात्रा कोरोनाविरुद्धको खोप ल्याउने सरकारको तयारी 

असोज सम्म झन्डै २ करोड मात्रा कोरोनाविरुद्धको खोप ल्याउने सरकारको तयारी 

इच्छाकामना न्युज

१६, श्रावण २०७८
असोज सम्म झन्डै २ करोड मात्रा कोरोनाविरुद्धको खोप ल्याउने सरकारको तयारी 
images

काठमाण्डौ, १६ साउन । सरकारले कोरोनाविरुद्धको झन्डै २ करोड मात्रा खोप आगामी असोजसम्म ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आगामी असोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट १ करोड ८३ लाख ८२ हजार ८ सय ५० डोज खोप ल्याउने तयारी भइरहेको छ ।

images
images

मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले चीनको सिनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको बताउनुभयो । उहाँले कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनेकाको १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आगामी असोजसम्म नेपाल आउने पनि बताउनुभयो ।

पौडेलले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिनुभयो । मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको बताएको छ ।  

सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८ सय ५० खोप प्राप्त गरिसकेको जनाएको छ । तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८ सय ५० मात्रा रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - ०९:२६:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology