बुटवल, १६ साउन । लुम्बिनी प्रदेशको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनााक्रमको बारेमा छलफल हुने प्रमुख सचेतक तुलाराम घर्तीमगरले सीआईएनसँग बताउनुभयो ।
जसपाका तर्फबाट सरकारमा गएका तीन मन्त्रीको पद खारेज भएपछिको राजनीतिक घटनाक्रम र भावी रणनीतिका बारेमा पनि बैठकमाा छलफल हुने उहाँको भनाइ छ । नवनियुक्त प्रदेश प्रमुखलाई सम्मान गर्ने बारेमा निर्णय गरिने प्रमुख सचेतक घर्ती मगरले जानकारी दिनुभयो ।