Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

देवघाटको कालिका सामुदायिक वनद्वारा पाँच सय विरुवा बृक्षारोपण

देवघाटको कालिका सामुदायिक वनद्वारा पाँच सय विरुवा बृक्षारोपण

images

इच्छाकामना न्युज

१५, श्रावण २०७८
देवघाटको कालिका सामुदायिक वनद्वारा पाँच सय विरुवा बृक्षारोपण
images

देवघाट, १५ साउन । तनहुँको देवघाटमा गाउँपालिका वडा नम्बर ५ मा रहेको कालिका सामुदायिक वनले आफ्नो क्षेत्र भित्र विभिन्न प्रजातिका करिब पाँच सय बिरुवा बृक्षारोपण गरेको छ।  आज साउन १५ को अवसरमा वनले आफ्नो क्षेत्र भित्र वृक्षारोपण गरेको हो।

कालिका सामुदायिक वनको आयोजनामा देउती खोलाको आसपासमा करिब ८ प्रजातिका कटहर, बेल, अमला, अम्बा र पारिजात लगाएतका करिब पाँच  सय बिरूवाहरू बृक्षारोपण गरिएको कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने बताए।

224184805_157976603103753_6872842553025488521_n.jpg

बृक्षारोपण कार्यक्रममा अध्यक्ष न्यौपानेले वन हरियाली र वन संरक्षण गर्ने दायित्व  सवै जनसमुदायको रहेको बताए।  साथै आम नागरिकको जीवन तथा सभ्यता पनि भएको बताए।

सो बृक्षारोपण कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल,कालिका सामुदायिक वनका उपाध्यक्ष  गणेश थापा,सचीव तोमा दाहाल,कोषाध्यक्ष सुशील नेपाल र लियो क्लब अफ चौतारी देवघाटका अध्यक्ष आत्माराम पाण्डे लगाएतको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - २१:५८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology