देवघाट, १५ साउन । तनहुँको देवघाटमा गाउँपालिका वडा नम्बर ५ मा रहेको कालिका सामुदायिक वनले आफ्नो क्षेत्र भित्र विभिन्न प्रजातिका करिब पाँच सय बिरुवा बृक्षारोपण गरेको छ। आज साउन १५ को अवसरमा वनले आफ्नो क्षेत्र भित्र वृक्षारोपण गरेको हो।
कालिका सामुदायिक वनको आयोजनामा देउती खोलाको आसपासमा करिब ८ प्रजातिका कटहर, बेल, अमला, अम्बा र पारिजात लगाएतका करिब पाँच सय बिरूवाहरू बृक्षारोपण गरिएको कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने बताए।

बृक्षारोपण कार्यक्रममा अध्यक्ष न्यौपानेले वन हरियाली र वन संरक्षण गर्ने दायित्व सवै जनसमुदायको रहेको बताए। साथै आम नागरिकको जीवन तथा सभ्यता पनि भएको बताए।
सो बृक्षारोपण कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल,कालिका सामुदायिक वनका उपाध्यक्ष गणेश थापा,सचीव तोमा दाहाल,कोषाध्यक्ष सुशील नेपाल र लियो क्लब अफ चौतारी देवघाटका अध्यक्ष आत्माराम पाण्डे लगाएतको उपस्थिति रहेको थियो।