Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

शहिदलखन गाउँपालिका वडा नम्बर ५ का कर्मचारी टोलमै पुगेर सामाजिक सुरक्षाभत्ता कार्ड नविकरण गर्दै 

शहिदलखन गाउँपालिका वडा नम्बर ५ का कर्मचारी टोलमै पुगेर सामाजिक सुरक्षाभत्ता कार्ड नविकरण गर्दै 

images

इच्छाकामना न्युज

६, श्रावण २०७८
शहिदलखन गाउँपालिका वडा नम्बर ५ का कर्मचारी टोलमै पुगेर सामाजिक सुरक्षाभत्ता कार्ड नविकरण गर्दै 
images

शहिदलखन, ६ श्रावण ।
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङ का वडा अध्यक्ष सहित वडाका कर्मचारीहरु सामाजिक सुरक्षा भत्ता लिने कार्ड नविकरणका लागि टोलमा नै पुग्न थालेका छन् ।

मास्कीछाप टोलमा रहेका वडा अध्यक्ष यम बहादुर राना (चन्द्र)ले भन्नुभयो, सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाहरु वडा वर्षातको समयमा कार्ड नविकरण गर्न वडा कार्यालय आउन जान समस्या हुने भएपछि टोलटोलमा पुगेर सेवा दिएका छौँ  । साउन देखि असोज सम्म कार्ड नविकरणलाइ सरकारले अनिवार्य गरेको छ । कार्ड नविकरण नभए भत्ता आउँदैन ।
वडा नम्बर ५ का सबै टोलमा पुग्ने उहाँले बताउनुभयो। आज मास्कीछाप, भ्याकुरे,तिनमाने, तिनमाने माथिल्लो टोल र डाँडागाउँ टोलमा पुगेर सामाजिक सुरक्षाभत्ताको कार्ड नविकरण गरिने कार्यक्रम रहेको थियो । कार्ड नविकरण नभएर सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुने अवस्था आफ्नो वडामा आउन नदिने वडा अध्यक्ष रानाले बताउनुभयो। वडा सदस्य सहितका सबै जनप्रतिनिधि र कर्मचारीहरु  टोलमा खटिएका छौँ, रानाले भन्नुभयो ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - १६:४०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology