Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटका अपाङ्ग व्यक्तिहरुलाई राहत वितरण

देवघाटका अपाङ्ग व्यक्तिहरुलाई राहत वितरण

करिश्मा गुरुङ

२८, आषाढ २०७८
देवघाटका अपाङ्ग व्यक्तिहरुलाई राहत वितरण

देवघाट, २८ असार । तनहुँको देवघाट गाउँपालिकामा रहेका अपाङ्ग  व्यक्तिहरूले राहत पाएका छन्  । राष्ट्रिय एकीकृत विकास संस्थाको सहयोगमा आज उनीहरुले राहत पाएका हुन । वर्षौदेखि अपाङ्गहरूको सेवामा खटिदै आईरहेको सो संस्थाले  आज भने देवघाट गाउँपालिकामा थोरै भएपनि अपाङ्ग दुःख गरेर खान गाह्रो पर्ने व्यक्तिहरूका लागि खाद्यान्न सहयोग गरेको छ। 

images

216848760_3987386901379208_9168406735167208276_n.jpg

देवघाट गाउँपालिकाको समन्वयमा भएको उक्त राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गवहादुर थापाले सहयोगको अपिल गरेर राहत भित्र्याएर गापालाई सहयोग गरेकोमा गापाकै कर्मचारी भविलाल थापा र सहयोगी संस्थालाई धन्यवाद दिए। साथै अध्यक्ष थापाले आगामी दिनहरूमा पनि सहयोगको अपिल गरे। 

राहत वर्खाको बेला डाडा भेगतिर अलि असम्भव भएकोले  वडा नम्बर पाँचबाट नै सुरू गरौ भनेर  वडा ५ बाट सुरू गरिएको थापाले जानकारी गराएका थिए । थापाले राहत भनेको तत्कालको समस्यालाई समाधान गर्ने उपाए रहेको बताए ।

राहतमा एक बोरा चामल, दाल, चिनि, नुन, चियापत्ती, तेल, साबुन, जिरा लगाएतका खाद्यान्न सामग्रीहरू वितरण गरेका थिए ।  राहत पाए पश्चात् अपाङ्ग व्यक्तिहरूको मुहारमा खुशी छाएको थियोे । उनिहरूले कोभिडको समयमा आउदै गरेको साउने सक्रान्तिको लागि सामान लिन बजार जान नपर्ने बताएका थिए।

216839539_230067568965146_891193829424723631_n.jpg

सो राहत २५ जनालाई वितरण गरिएको हो । कार्यक्रम देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापाको अध्यक्षतामा समापन भएको थियोे ।

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २२:१३:२४ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology