Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटका अपाङ्ग व्यक्तिहरुलाई राहत वितरण

देवघाटका अपाङ्ग व्यक्तिहरुलाई राहत वितरण

images

करिश्मा गुरुङ

२८, आषाढ २०७८
देवघाटका अपाङ्ग व्यक्तिहरुलाई राहत वितरण
images

देवघाट, २८ असार । तनहुँको देवघाट गाउँपालिकामा रहेका अपाङ्ग  व्यक्तिहरूले राहत पाएका छन्  । राष्ट्रिय एकीकृत विकास संस्थाको सहयोगमा आज उनीहरुले राहत पाएका हुन । वर्षौदेखि अपाङ्गहरूको सेवामा खटिदै आईरहेको सो संस्थाले  आज भने देवघाट गाउँपालिकामा थोरै भएपनि अपाङ्ग दुःख गरेर खान गाह्रो पर्ने व्यक्तिहरूका लागि खाद्यान्न सहयोग गरेको छ। 

216848760_3987386901379208_9168406735167208276_n.jpg

देवघाट गाउँपालिकाको समन्वयमा भएको उक्त राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गवहादुर थापाले सहयोगको अपिल गरेर राहत भित्र्याएर गापालाई सहयोग गरेकोमा गापाकै कर्मचारी भविलाल थापा र सहयोगी संस्थालाई धन्यवाद दिए। साथै अध्यक्ष थापाले आगामी दिनहरूमा पनि सहयोगको अपिल गरे। 

राहत वर्खाको बेला डाडा भेगतिर अलि असम्भव भएकोले  वडा नम्बर पाँचबाट नै सुरू गरौ भनेर  वडा ५ बाट सुरू गरिएको थापाले जानकारी गराएका थिए । थापाले राहत भनेको तत्कालको समस्यालाई समाधान गर्ने उपाए रहेको बताए ।

राहतमा एक बोरा चामल, दाल, चिनि, नुन, चियापत्ती, तेल, साबुन, जिरा लगाएतका खाद्यान्न सामग्रीहरू वितरण गरेका थिए ।  राहत पाए पश्चात् अपाङ्ग व्यक्तिहरूको मुहारमा खुशी छाएको थियोे । उनिहरूले कोभिडको समयमा आउदै गरेको साउने सक्रान्तिको लागि सामान लिन बजार जान नपर्ने बताएका थिए।

216839539_230067568965146_891193829424723631_n.jpg

सो राहत २५ जनालाई वितरण गरिएको हो । कार्यक्रम देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापाको अध्यक्षतामा समापन भएको थियोे ।

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २२:१३:२४ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology