Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कोरोना सङ्क्रमितले गलत विवरण दिँदा पहिचान गर्न सकिएन 

कोरोना सङ्क्रमितले गलत विवरण दिँदा पहिचान गर्न सकिएन 

images

सिआईएन

२६, आषाढ २०७८
कोरोना सङ्क्रमितले गलत विवरण दिँदा पहिचान गर्न सकिएन 
images

सीता शर्मा, काठमाडौं, २६ असार । हाल दैनिक सरदर २ हजारका दरले कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् । कोरोना फैलावटको चेन तोड्न कन्ट्रयाक ट्रेसिङ अर्थात सङ्क्रमितको पहिचान महत्वपूर्ण छ । तर सङ्क्रमितले गलत विवरण दिँदा सहि पहिचान नहुने र समुदायमा फैलने क्रम रोकिएको छैन ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना सङ्क्रमितहरुको विवरण सही पठाउन  प्रयोगशालाहरुलाई बारम्बार अनुरोध गर्दै आएको छ । रिपोर्टमा सङ्क्रमितको ठेगाना र अरु विवरण सहि नहुँदा पहिचानमा समेत समस्या भएको छ ।

प्रदेश नम्बर १ को जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयेन्द्र यादवले दैनिक ३ सय को हाराहारीमा कोरोनाको परिक्षण भइरहेको प्रदेश नम्बर १ को प्रादेशिक जनस्वास्थ्य  प्रयोगशालामा कोरोना पुष्टि भएकामध्ये १ प्रतिशतको  विवरणमा कुनै न कुनै त्रुटि हुने गरेको बताउनुभयो ।

रुपन्देहीको प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पनि स्थानीय तह र विभिन्न स्वास्थ्य केन्द्रबाट परिक्षणका लागि सङ्कलन भएर आएका व्यक्तिहरुको परिचय पत्र अनुसारको नाम, ठेगाना र फोन नम्बर मिल्दैन ।

जसले गर्दा सङ्क्रमितको पहिचान मात्रै होइन, बीमा भुक्तानीका लागि पनि समस्या आउने गरेको जनस्वास्थ्य प्रयोगशलाका प्रमुख रोशनलाल चौधरीले बताउनुभयो । अहिले देशभर ५८ सरकारी र ३८ नीजि प्रयोगशालाबाट कोरोना परिक्षण हुदै आएको छ । दैनिक सरदर १५ हजार मानिसको कोरोनाको परिक्षण हुँदै आएको छ । त्यसमध्य धेरैले आफ्नो नाम , ठेगाना र नम्बर सहि बताउँदैनन् ।

जसका कारण सङ्क्रमितको पहिचान गरि समुदाय स्तरमा फैलनबाट रोक्न अफ्ठेरो भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सङ्क्रमितहरुलाई फोन गर्ने गरेको छ । तर दैनिक २ हजार जनालाई सम्पर्क गर्दा झण्डै आधाको फोन नलाग्ने समस्या देखिने गरेको छ । जसले गर्दा कोरोना रोकथाम र नियन्त्रणमा चुनौति देखिएको छ । 

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - ०९:३३:२१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology