Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आफु एमालेमै रहेको र माओवादी केन्द्रमा फर्किने सम्भावना नभएको टोपबहादुर रायमाझी भनाई

आफु एमालेमै रहेको र माओवादी केन्द्रमा फर्किने सम्भावना नभएको टोपबहादुर रायमाझी भनाई

images

इच्छाकामना न्युज

२५, आषाढ २०७८
आफु एमालेमै रहेको र माओवादी केन्द्रमा फर्किने सम्भावना नभएको टोपबहादुर रायमाझी भनाई
images

काठमाडौं, २५ असार । नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले केही समयअघि उहाँको नाम जोडेर आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । पछिल्लो समय केही सञ्चार माध्यमहरुले उहाँ पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको समाचार प्रकाशित गरेका थिए ।

उहाँद्वारा जारी प्रेस विज्ञप्तिमा पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको जनाउँदै त्यस्तो समाचारप्रति विश्वास नगर्न अपिल गर्नुभएको छ । उनले माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको प्रष्ट पारे ।

क.प्रचण्डले राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ ।

विज्ञप्तिमा सो कुरा उल्लेख गर्नुहुँदै नेता रायमाझीले समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क.केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको जनाउनुभएको छ ।

औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन यस्तो समाचार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - २२:०२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology