Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हुम्लाको ताजाँकोट गाउँपालिका सडक सञ्चालमा जोडियो 

हुम्लाको ताजाँकोट गाउँपालिका सडक सञ्चालमा जोडियो 

इच्छाकामना न्युज

१९, आषाढ २०७८
हुम्लाको ताजाँकोट गाउँपालिका सडक सञ्चालमा जोडियो 
images

जीवन कैला, बाजुरा, १९ असार । हुम्लाको ताजाँकोट गाउँपालिका सडक सञ्जालमा जोडिने भएको छ । कर्णाली प्रदेश हुम्लाकोे दुर्गम तथा पिछडिएको गाउँपालिको रुपमा रहेको ताजाँकोट गाउँपालिकामा पछिल्लो समय सडक निमार्ण कार्यले तिर्वता पाएसँग यातायातका साधान पनि सञ्चालनमा आएका छन् ।

images
images

अहिले गाउँपालिकाका चार वटा वडा सडक सञ्जालमा जोडिसकेका गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुभयो । बाँकी वडामा पनि सडक निर्माण कार्य तिव्र रुपमा भईरहेको बताउँदै उहाँले केहिदिन भित्र अन्य वडामा पनि सवारीसाधन सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो । हालसम्म सडक सञ्चालमा नजोडिएको ताजाँकोट गाउँपालिकाकामा गाडि गुड्न थाले पछि स्थानिय खुशी भएका छन् ।

सामान्य गाडि समेत देख्न नपाएका ताजाँकोट बासिले घर आगँनमै गाडि गुडेको देख्न पाउँदा खुशि भएका छन् । हुम्ला जिल्लाकै विकट तथा बाजुरासँग पनि सिमाना जोडिएकोे ताँजाकोट गाउँपालिका सडक सञ्जालमा जोडिएपछि सबै स्थानिय तह सुगम बन्ने छ । गाउँपालिकामा अहिले खानेपानि, शिक्षा, स्वास्थ्य सञ्चार लगायतका आधारभुत सुविधाको पहुचँ पुगेको गाउँपालिकाले जनाएको छ । 

images
प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - ०९:०२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology