Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

राजनीतिक वितण्डा

राजनीतिक वितण्डा

इच्छाकामना न्युज

१८, आषाढ २०७८
images

चैतन्य चक्रमन्यू

images
images

राष्ट्को विकास तथा समृद्धि राजनीतिक व्यवस्था को ऐना हो । राजनीतिक व्यवस्थामा स्थिरता आए राज्यको विकास तथा समृद्धिको संभावना हुन्छ । राजनीतिक व्यवस्थाले विकास तथा समृद्धिको मार्ग प्रशस्त गर्दछ । राजनीतिक व्यवस्था विकास तथा समृद्धिको आधारशिला हो । राजनीतिक व्यवस्थाको यस अन्तरवस्तुलाई बुझेर नै नेपालको इतिहासको विभिन्न कालखण्डमा जनताको आँडमा,जनताको नाममा ठुला ठुला राजनीतिक आन्दोलन र क्रान्तिहरु सम्पन्न भए । ति राजनीतिक आन्दोलन तथा क्रान्तिले राजनीतिक टट्टुहरु फेरिए तर राजनीतिक व्यवस्थाको नाम फेरिए पनि बास्तवमै राजनीतिक व्यवस्था परिवर्तन भने हुन सकेन । राजनीतिक व्यवस्था नसङ्लिएसम्म राज्यका अन्य व्यवस्था सुध्रनेवाला छैन । राजनीतिक व्यवस्था फोहोरी खेलको पर्याय बनेको यस स्थितिमा जनताले हिजो रछ्यानमा फालिएका पत्रुहरुले टाउको उठाउने मौका पाएका हुन । नेपाली जनता राजनीतिक नेताको विश्वासघातको लामो श्रृङखलाबाट आजित हुदै आएका छन् र विश्वासघातको चक्रव्युबाट व्युतिएका नेपाली जनताले अव यो क्रमलाई डु और डाइसँगै ब्रेक गर्ने वाला छ । तर अहिलेका विडम्वना तिनै समाज र लोकबाट बहिष्कृत बौद्धिक अपाङ्गहरु नै आजका गाउ गाउ सिंह दरवार भनिएका गणतन्त्र नेपालका टाकुरे साना राजा भएका छन् । राष्ट् सम्पन्न हुन राज्यका सबै अंग विना हस्तक्षेप समन्वयकारी ढंगले चल्न आवश्यक हुन्छ । ति सबै अंग स्वतस्फुर्तरुपमा चल्ने वातावरण राज्यले सिर्जना गर्नुपर्दछ । राज्यका पद्धति सगोलमा फेरिनु पर्छ अंशमा हल खोजेर वितण्डा मच्चाएर हुदैन त्यसका लागि सबै भन्दा अगाडि सत्ताका नाइकेहरुसंग प्रष्ट अवधारणागत रुपरेखासहितको दुरदृष्टि हुनुपर्छ । करिव ९० प्रतिशत मानिस आफ्नो जीवन सामान्य तरिकाले व्यतित गर्न चाहन्छ । सामन्यत घर परिवार, व्यावहार, आफ्नो पेशा, व्यावसाय संचालन गर्ने तथा बाकी भएको समय समाजका लागि योग्दान गर्न चाहन्छ । राज्यले पेशा, व्यावसाय, नागरिकका् सुरक्षाका् प्रत्याभुत गरे, सुशासनको प्रबन्ध गरे, कर अशुल गरे संगै नागरिक सेवामा उत्तरदायित्व सम्झे नागरिकमा काम गर्ने प्रतिष्पर्धी भावनाको विकास भई कुल ग्राहस्थ उत्पादन बढ्ने र राष्ट्र सम्पन्न हुन सक्छ । सत्ताका अहिलेका भुरे टाकुरे राजा राजनीतिक पर्दा भित्रका त्यो हरिप साँप हो जो हरियो घाँसमा लुकेर बस्छन र मौैका छोपेर टोक्छन् । मञ्च पाए नागरिक अधिकार र समाज विकासका दुहाइ दिन्छन् । ति कठपुतली नेतालाई सोझा नेपाली जनताको दिमाग भुट्न कुनै आइतवार कुर्न पनि पर्दैन । यस्ता नौटंकी राजनीतिलाई सधैका लागि अन्त्य गर्न हामी नागरिक, सामाजिक अभियन्ताहरु जागरुक भई डट्ने दिन आएको छ । सत्ताका नाइके र त्यसका मतियारले बुझ्नु पर्ने कुरा नागरिकका लागि आत्मसम्मान र प्रतिष्ठा भन्दा ठुलो कुरा अरु केही हुदैन । आफ्नो पेशा, व्यावसाय तथा व्यावहारिक कार्य गर्ने क्रममा पटक पटक हस्तक्षेप तथा षडयन्त्रपूर्वक, जबरजस्त बखेडा निकालि आत्मासम्मान गिहउने कार्य हुने गर्दछ भने त्यो कसैको लागि पनि सह्य हुने कुरा भएन । हाम्रो समाजको राजनितिले गलत ट्याकको अंगिकार गरेको छ, राजनीतिलाई सेवा नभई मौका पाए सात पुस्तालाई पुग्ने गरि कुम्ल्याउने, जनताका सेवा प्रवाह गर्ने कार्यालयलाई आफ्ना भरौटे भर्ना गर्ने अखडा बनाउने, नीजि, नस्ल अभिष्ट पुरा गर्ने संयन्त्र बनाई रहेको छ । निर्वाचनमा गरेका बाँचा, जनतासँग खाएका कसम तथा उसका पार्टीले जारी गरेका श्वेतपत्र त कता हो कता, साझा नेतृत्व बन्नुको सट्टा पुर्वाग्रह तथा प्रतिसोध लिने मौका ठानेका छन्, यस्तो नेतृत्व र पद्दतीबाट ग्रसित ब्यवस्थाले समग्र नागरिकलाई केन्द्रमा राखेर होइन व्यक्तिलाई प्रधान मानी नीति नियम तयार गरिन्छ । यस्तो समाज र ठालुहरुबाट समाजको समूल परिवर्तनको आस गर्नु भनेको विषालु साँपबाट विषको सट्टा दुधको आस गर्नु बराबर हो ।् राजनिति समाज परिवर्तनका लागि, परिवर्तित समाजको सुशासनका लागि हुनु पर्ने हो तर विडम्वना सत्ताका ठेकेदारहरु समाज परिवर्तनका सट्टा समाजमा स्थापित जनतामैत्री व्यवस्था ध्वस्त वनाउनका लागि उद्धत देखिन्छ । यस्तो राजनीतिक व्यवस्थाले अन्ततः समाज तथा राष्ट्र भड्खालोमा जाने स्वयमसिद्ध छ । गलत ट्याकको राजनीतिक व्यवस्थाले सिर्जना गरेका राज्य व्यवस्थाभित्र लाहा छाप लेण्डुप मतियारहरुको पनि कमि हुदैन, तिनै लेण्डुपहरुको गठजोडले सिमित तथा निहित व्यक्तिलाई हेरेर नीति नियम तर्जुमा गरिन्छ, त्यो अराजकताको पराकाष्ठा हो । यस्ता अराजकताले गणतन्त्र र संघियता भनिएका नयाँ व्यवस्था त अवश्य नै असफल हुने नै भो तथापि व्यवस्थाका नाइकेहरुले पनि आफनो चिहानको खाडल आफै खन्नेछ । यो २१ औ शताव्दीको गणतन्त्र नेपालको शाश्वत सत्य एवं कटु यथार्थ हो । राजनीतिक नेतृत्व, जसलाई जे लाग्छ त्यही गर्न छुट पाई राख्ने र हामी रैतीका पाराले जदौ मात्र जपि राख्ने हो भने हाम्रो समाजमा एक दिन अराजकताले सिमा नाघ्नेछ । शक्तिका आँडमा हुकाँर गर्ने ब्वासाहरु सत्तामा अलाङ्कारिक हुने र सच्चा सार्वभौम सम्पन्न भनिएका नागरिक चाँहि पश्चताप, विलापका कुण्ठाले आगो ओकल्नेछ । त्यस दिन नेपाली कम्युनिष्टहरुको शव्द सापट लिएर हामी भन सक्छौ साच्चै नेपालमा २१ औ शताव्दीको नया सत्ता कब्जा हुनेछ । सच्चा नेपाली जनताले स्वतस्फुर्त उठाएका आँधीबेहरीले साना ठुला राजाहरुलाई हिजैकै रछ्यानमा पुर्याउने छ । तसर्थ हामी नागरिक तर्फका अगुवा भएका नाताले सबैलाई चेतना भया । एक दिन नेपाली जनताले रछ्यानबाट तङ्ग्रिएर उठेका र सत्ताका मात चढेका ती नक्कली कठपुतली, सत्तामा नाङ्गो प्रहसन गर्ने कलाकारलाई यसभन्दा अघिका विश्वासघात,कर्तुतका हिसाव किताब सहित नेपाली जनताले घिर्सादै रछ्यान मै फाल्दा हामी समाजका नागरिक वर्ग ति ब्वाँसाका कात्रो जलाएका राँप ताप्दै टुलटुलु हेर्न मात्र विवस हुनेछ ।

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - ०८:३४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology