Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

राष्ट्रपति कार्यालयबाट संसदको अपहरण भएको सभामुख सापकोटाको आरोप

राष्ट्रपति कार्यालयबाट संसदको अपहरण भएको सभामुख सापकोटाको आरोप

images

इच्छाकामना न्युज

१५, आषाढ २०७८
राष्ट्रपति कार्यालयबाट संसदको अपहरण भएको सभामुख सापकोटाको आरोप
images

काठमाण्डौ, १५ असार । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट संसदको अपहरण भएको आरोप लगाउनुभएको छ । आज संघीय संसद भवनमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

 संसद् विघटनको पूर्णपाठसमेत नआउँदै राष्ट्रपति कार्यालयबाट दोस्रो पटक संसद् विघटन स्वीकृत हुनु भनेको संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको हो उहाँले भन्नुभयो ।  

कोरोना सङ्क्रमणको महामारी र त्यसको न्यूनिकरणका विषयमा आफूहरुले संसदमा कुरा राख्न नपाएको बताउँदै सभामुख सापकोटाले बेलायती संसदमा कुरा उठ्दा समेत नेपालको संसदमा कुरा उठ्न नसकेको दाबी गर्नुभयो ।

सभामुख सापकोटाले संविधानको आत्मामाथि प्रहार भएको बताउँदै अब आफू चुप बस्न नसक्ने समेत बताउनुभयो । 

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - २१:१७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology