Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चार दल निकट विद्यार्थी संगठनले भोली गोरखामा सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने

चार दल निकट विद्यार्थी संगठनले भोली गोरखामा सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने

images

इच्छाकामना न्युज

१५, आषाढ २०७८
images

गोरखा १५, असार । गोरखा जिल्लामा क्रियाशिल ४ राजनीतिक दल निकट बिधार्थी संगठनहरुले सरकारको अधिनायकबाद र स्वेच्छाचारी शासनका बिरुद्ध भोली गोरखा सदरमुकाममा बिरोध प्रर्दशन गर्ने भएको छ ।

आज बसेको ४ बिधार्थी संगठनको संयुक्त बैठकपछि जारी गरिएको संंयुक्त बिज्ञप्तिमा संसद पुर्नस्थापनाको माग गर्दै बिघटनका बिरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

बिज्ञप्तिमा निषेधाज्ञाका अबधीभरको सम्पुर्ण शुल्क राज्यले व्यर्होनु पर्ने माग गर्दै नीजि शैक्षिक संस्थाले मनपरी रुपमा थोपरेकोे शैक्षिक शुल्कका बिरुद्ध कडा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।

त्यस्तै शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पदिय मर्यादा बिपरित कानुनलाई चुनौत दिने गरि गरिएका हर्कत र गोरखाको भीमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु प्राबिधिक माथि भएको जातिय बिभेदको बिरोध गर्दै बिभेदका बिरुद्ध हुदै आएको सवै खालको आन्दोलनमा आफुहरुको एक्येबद्धता रहेको जनाएको छ ।

बिज्ञप्तिमा अखिल क्रान्तिकारीका गोरखाका इन्जार्च रामकृष्ण भट्ट, अनेरास्वबियूका जिल्ला अध्यक्ष सचिन भट्टराई नेबिसंघ गोरखाका अध्यक्ष सुवास अधिकारी र समाजबादी बिधार्थी युनियनका जिल्ला संयोजक मिलन न्यौपानले हस्ताक्षर गर्नुभएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - २०:४२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology