काठमाडौं, १४ असार । चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधा जति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो।
बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।