Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अब जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात चलाउने सरकारको तयारी, भोली निर्णय हुने

अब जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात चलाउने सरकारको तयारी, भोली निर्णय हुने

images

इच्छाकामना न्युज

१३, आषाढ २०७८
अब जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात चलाउने सरकारको तयारी, भोली निर्णय हुने
images

काठमाडौं, १३ असार । निषेधाज्ञा थप गर्ने विषयमा उपत्काका तीनै जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठक सकिएको छ । बैठकमा सार्वजनिक सवारीसाधन सञ्चालनको मोडालिटीबारे छलफल भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल भइरहेको छ ।

‘हामीले संक्रमण दरको अवस्था पनि विश्लेषण गरिरहेका छौं, जनस्वास्थ्य कार्यालयको रिपोर्टअनुसार अहिले काठमाडौंको संक्रमणदर १२र१३ प्रतिशत छ’, सीडीओ पराजुलीले भने, ‘यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुन्छ । एकैपटक ह्वात्तै यातायात खुलाउने भन्दा पनि जोरबिजोरबाट लैजान सकिन्छ । सुझाव पनि यसरी नै आएका छन् ।’

तीनजनै सीडीओबाट जिल्लाको अवस्था रिपोर्टिङ भएपछि भोलिको बैठकबाट मंगलबारदेखिको निषेधाज्ञाको मोडालिटी निर्णय हुने बताइएको छ । निजी सवारीसाधन र व्यापाररव्यवसाय सञ्चालनमा केही खुकुलो गर्दै पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिसम्म लागू हुनेछ ।

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - २१:४७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology