Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विकासका लागि जनता जागरुक र अग्रसर भए बजेट अभाव दिन्नः प्रदेश मन्त्री चुमान

विकासका लागि जनता जागरुक र अग्रसर भए बजेट अभाव दिन्नः प्रदेश मन्त्री चुमान

इच्छाकामना न्युज

१५, कार्तिक २०७७
विकासका लागि जनता जागरुक र अग्रसर भए बजेट अभाव दिन्नः प्रदेश मन्त्री चुमान
images

बन्दिपुर, १५ कार्तिक । विकाशका लागि जनता जागरुक र अग्रसर भए सरकारले बजेट अभाव हुन नदिने  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले बताउनुभएको छ। तनहुँको बन्दिपुर गाउँपालिका १ मा निर्माण हुन लागेको शहरी स्वास्थ्य चौकी भवनको शिलन्यास गर्दै मन्त्री चुमानले यस्तो बताउनुभएको हो। 
मन्त्री चुमानले तनहुँको देवघाट देखि मुस्ताङको मुक्तिनाथ सम्म शालिग्राम करिडोरको विस्तृत योजना तयारीमा गण्डकी प्रदेश सरकार जुटेको र यो योजना प्रदेश सरकारकै गौरबको योजना रहेको बताउनु भयो। मन्त्री चुमानले तनहुँको आँबुखैरेनी, छिम्केश्वरी, बन्दिपुर, डुम्रेसम्म र बन्दिपुर देखि ढाँडखोला हुँदै बुद्धसिं मार्गलाई पनि गण्डकी प्रदेशको प्राथमिकतामा पारेको बताउनु भयो साथै उहाँले बन्दिपुर १ को उपल्लो फाँटमा खानेपानीको समस्या छिट्टै समाधान हुने गरि काम भैरहेको पनि बताउनुभयो। 

images
images

123107357_3415897231851584_512348693576877223_o.jpg
मन्त्री चुमानले धार्मिक पर्यटकीय र पिकनिक स्पोटको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको आँधिमुल मन्दिरमा सहज रुपमा पुग्न सडकको स्तर उन्नतिका लागि आफ्नो ध्यान केन्द्रित रहेको समेत जानकारी दिनुभयो।
सो अवसरमा स्वास्थ्य ईकाईलाई जग्गा दान गर्नुहुने गाउँपालिका अध्यक्ष पूर्णसिं थापा, अम्मर बहादुर थापा, मदन थापा र नहलसिं थापा सम्मानित हुनुभएको वडा अध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो। स्वास्थ्य केन्द्रका लागि अध्यक्ष थापाले १२ लाख, अम्मर बहादुर थापाले १० लाख, मदन थापाले १० लाख र नहलसिं थापाले ६ लाख मूल्य पर्ने जग्गा दान गर्नुभएको हो।
कार्यक्रममा गापाका अध्यक्ष थापाले बन्दिपुर गापाका ६ वटै वडामा शहरी  स्वास्थ्य केन्द्रको स्थापना गरिएको जानकारी दिंदै ती स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि आँफू लागि परेको बताउनु भयो।

123393857_3415895168518457_2498053920636596395_o.jpg
वडा अध्यक्ष पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका नेताहरु हेमराज लामिछाने ‘क्षितिज’, ईन्द्रबहादुर कुँवर, घनश्याम देवान, विद्या क्षेत्री, जीवन कायस्थ, छबिलाल थापा, सुक्रकुमार श्रेष्ठ , चिनिमाया श्रेष्ठ , पदमबहादुर अधिकारी, शिवकुमार श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो। कार्यक्रममा वडा सदस्य अमृत शाहीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेकपा वडा कमिटीका सचिब सुदिप पोख्रेलले गर्नु भएको थियो।

123204489_3415892008518773_2275394495849049408_o.jpg
शहरी  स्वास्थ्य केन्द्रको भवन बन्दिपुर १ छापमा रु ३३ लाखको लागतमा निर्माण गरिने निर्माण कम्पनीका कैलाश श्रेष्ठले जानकारी दिनुभयो ।

बन्दिपुरबाट डिपि अधिकारीको सहयोगमा

images
प्रकाशित मिति :कार्तिक १५, २०७७ शनिवार - १९:१८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology