शहिदलखन, १२ असार ।
नेपाल कम्युष्टि पार्टी शहिदलखन गाउँ कमिटीका अध्यक्ष मनोज जोशीको विशेष पहलमा शहिदलखन गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला युवा समितीका अध्यक्ष राजन गुरुङ, अनेरास्ववियुका केन्द्रीय सदस्य गोर्खाली युवा नेता प्रविन अधिकारी, युवा संघ केन्द्रीय सदस्य अमिर थापा, नेपाल खेलकुद संघका केन्द्रीय सदस्य तथा सोहि गाउँपालिकाका युवा नेता प्रशान्त थापाको पहलमा जन स्वास्थ्य विभाग टेकुको सहयोगमा कोभिडका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
प्रतिकुल मौसमको बाबजुत पनि युवाहरु जनताको सेवामा लागिरहेको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रविन अधिकारीले बताउनुभयो।
अक्सिजन सिलिन्डर, अक्सिजन कन्सलट्रेटर, पिपिइ, माक्स, सेनिटाइजर, ग्ल्वस, थर्मोमिटर, अक्सिमिटर, एन्टिजेन किट लगाएतको स्वास्थ्य सामाग्री नेकपा एमाले शहिदलखन गाउँपालिकाका अध्यक्ष मनोज जोशीले गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापालाई हस्तान्तरण गर्नुभएको थियो। जोशीले विपतको बेला सबै पार्टी एकजुट भएर सामना गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाले कोभिड व्यवस्थापनमा खलेको भुमिका प्रति अभार व्यक्त गर्नुका साथै सो स्वास्थ्य सामाग्री आवश्यकताको आधारमा वितरण गर्न पनि जोशीले सुझाव दिनुभयो ।