Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तरुण दल आँबुखैरेनीद्वारा विभिन्न क्लबहरुलाई खेलकुद र स्वास्थ्य सामाग्री वितरण

तरुण दल आँबुखैरेनीद्वारा विभिन्न क्लबहरुलाई खेलकुद र स्वास्थ्य सामाग्री वितरण

images

इच्छाकामना न्युज

१२, आषाढ २०७८
तरुण दल आँबुखैरेनीद्वारा विभिन्न क्लबहरुलाई खेलकुद र स्वास्थ्य सामाग्री वितरण
images

आँबुखैरेनी, १२ असार ।

नेपाल तरुण दल आँबुखैरेनीले आँबुखैरेनी गाउँपालिका भित्र रहेका विभिन्न क्लबहरुलाइ खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ। तरुण दलले आज आँबुखैरेनी गाउँपालिका ५ लाब्दिखोलामा एक कार्यक्रमको आयोजना गरि वडा नं. ५ र ६ का विभिन्न क्लबहरुलाइ खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो।

201792420_897586070796402_7515835232262644218_n.jpg

आँबुखैरेनी ५ को पन्चकन्या युवा क्लब घुमाउने र लाब्दी युवा क्लब लाब्दीखोलालाई खेलकुद सामाग्री वितरण गरेको छ।

यस्तै आँबुखैरेनी ६ को क्षितिज युवा क्लब रतनपुर, नयाँ रोधी युवा क्लब डिखेत, प्युघर युवा क्लब प्युघरलाई खेलकुद सामाग्री वितरण गरेको छ भने नेपाल महिला संघ आबुखैरेनी ६ ईकाई समिति र सिद्ध जनक एकता आ. बि. डिखेतलाई स्वास्थ सामाग्री वितरण गरेको तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङले जानकारी दिए।

यस्तै वडा नं. ५ र ६ का क्रियाशिल कार्यकर्ताहरुसँग नेपाली कांग्रेसको १४ औ महाधिवेशन बारे छलफल र भेटघाट समेत गरिएको उक्त कार्यक्रममा नै खेलकुद र स्वास्थ सामाग्री वितरण गरिएको उनले बताए।

तरुण दल आँबुखैरेनी ५ का सभापती सुक बहादुर मगरको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङ, बिशिस्ट उपाध्यक्ष दिपेन्द्र अधिकारि, अतिथिहरुमा सचिव जय गुरुङ स्थानिय समाजसेवी नरमान गुरुङ लगायतको सहभागीता रहेको थियो।

204203691_996929357804965_3035574354735145958_n.jpg

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - २२:१६:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology