Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

भोली इच्छाकामना, आँबुखैरेनी,  शहिदलखन र गण्डकीका केही स्थानहरुमा विद्युत सेवा अवरुद्ध 

भोली इच्छाकामना, आँबुखैरेनी,  शहिदलखन र गण्डकीका केही स्थानहरुमा विद्युत सेवा अवरुद्ध 

images

इच्छाकामना न्युज

१२, आषाढ २०७८
भोली इच्छाकामना, आँबुखैरेनी,  शहिदलखन र गण्डकीका केही स्थानहरुमा विद्युत सेवा अवरुद्ध 
images

आँबुखैरेनी, १२ असार । 
भोली असार १३ गते चितवनको इच्छाकामना , तनहुँको आँबुखैरेनी, गोरखाको गण्डकी र शहिदलखन गाउँपालिकाका केही स्थानहरुमा बिद्युत सेवा अवरुद्ध हुने भएको छ । आँबुखैरेनी स्थित ३३ के.भि. आँबुखैरेनी सव स्टेशनको ११ के.भि.इन्कमर तथा ब्रेकर हरु परिवर्तन गर्नुपर्ने भएकोले भोलि आइतबार बिहान ७ बजेदेखि बेलुका ६ बजे सम्म (विद्युत) लाईन अबरुद्ध सट डाउन गरिने हुँदा सो सव स्टेशन अन्तर्गत सन्चालन हुने आँबुखैरेनी, मुग्लिन सत्रसय, र दराइटार फिडरले बिधुत आपूर्ति गर्ने स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।
भोली विहान ७ बजेदेखि साँझ ६ बजे सम्म तनहुँको आँबुखैरेनी र चितवनको इच्छाकामनाका वडा नम्बर ६, ५, ४,  ३ र २  तथा गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकाको केही स्थानहरुमा विद्युत अवरुद्ध हुने भएको हो ।

 

205708394_273211904405419_1296103081389908724_n.jpg

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - २१:४५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology