Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

रौतहटमा झडप हुँदा १५ जना घाइते

रौतहटमा झडप हुँदा १५ जना घाइते

images

इच्छाकामना न्युज

१२, आषाढ २०७८
रौतहटमा झडप हुँदा १५ जना घाइते
images

रौतहट, १२ असार । 
रौतहटमा झडप हुँदा १५ जना घाइते भएका छन् ।
भेलको पानी अर्काको खेतमा लगाइदएको विषयमा झडप हुँदा १५ जना घाइते भएका हुन्।
मौलापुर नगरपालिका वडा नम्बर १ का मुलावी साहले हृदय यादवको खेतमा भेलको पानी लगाइदिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । घटनामा साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको एसपी शाहले बताउनुभयो ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । अहिले अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - १४:१८:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology