देवघाट, १२ असार
तनहूँको देवघाट गाउँपालिकाले पछिल्लो वर्ष सडक पुर्वाधारको क्षेत्रमा फड्को मारेको छ । देवघाटको सबै वडामा सडक सुविधा पुगेको छ । गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सडक पुर्वधारको क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको समिक्षा गर्दै थापाले सबै वडामा सडक सुविधा पु¥यार्ईको र सबै सडकको गुरुयोजना बनाउने काम सुरु भएको बताउनुभयो । सबै वडाहरुमा रहेको सडकहरुलाई मर्मत सम्भार गरिएको र प्रदेश सरकारको सशर्त अनुदान एक करोड बजेटबाट गाईघाट सिंच्याङ्ग छिपछिपे सानुभञ्ज्याङ्ग सडक अन्तर्गत गाईघाटदेखि सिंच्याङ्ग सम्मको सडक स्तरोन्नतिको कार्य भएको बताउनुभयो ।
त्यस्तै देवघाट गाउँपालिकाको पहलमा सिन्च्याङ्ग सार्वाङ्ग साराङघाट मोटर मार्गको संघीय सरकारबाट समपुरक अनुदान अन्तर्गत रु। १ करोड ९८ लाख रकम विनियोजन समेत चालु आर्थिक वर्षमा भएको छ । देवघाट गाउँपालिकाको गौरवको योजना देवघाट–साउने–कर्ताप–फोस्रेपानी नयाँ ट्रयाक यस आ।व।मा प्रदेश र गाउँपालिकाको सहकार्यमा गाईघाट सिंच्याङ्ग छिपछिपे सानुभञ्ज्याङ्ग मोटर मार्गको खण्डमा जोडिने कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।