Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सर्लाहीमा वडाध्यक्षको हत्या, ठेकेदार र जेसिबी चालक पक्राउ

सर्लाहीमा वडाध्यक्षको हत्या, ठेकेदार र जेसिबी चालक पक्राउ

images

इच्छाकामना न्युज

१२, आषाढ २०७८
सर्लाहीमा वडाध्यक्षको हत्या, ठेकेदार र जेसिबी चालक पक्राउ
images

सर्लाही, १२ असार ।
सर्लाहीमा एक जना जनप्रतिधिको हत्या भएको छ ।
ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको हो। 
वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले  आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल छन् । 
शुक्रवार राति विवादका क्रममा जेसिबी चालक हर्कबहादुर तामाङ लगायतले कुटपिट गर्दै हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
शुक्रबार साँझ ठेकेदार प्रेम दाहालसँगै वडा अध्यक्ष श्रेष्ठ सहितका टोली सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षण गर्ने क्रममा विवाद हुँदा जेसिबी चालक हर्कबहादुर तामाङ​ले हत्या गरेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो।
सो पोखरीको सौन्दर्यीकरणका क्रममा नै विवाद उत्पन्न भएको थियो भने पछि संगै खाजा खाएर विवाद समाधान गर्ने भनेपनि कुराकानी नमिल्दा पुनः पोखरीको निरीक्षण गर्नेक्रममा वडा अध्यक्ष श्रेष्ठको हत्या गरिएको थियो ।
विवादकै क्रममा आक्रोशित जेसिबी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले बताए।उहाँका अनुसार हत्यापछि वडा अध्यक्ष श्रेष्ठलाई त्यही पुरेर चालक फरार भएका थिए । प्रहरीलाई खबर प्राप्त भएलगत्तै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको प्रहरी उपरीक्षक राठौरले बताए ।

 

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - ११:३१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology