Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

टिकटक र फेसबूकमा महिलाहरुको फोटो राखेर अश्लील शब्द प्रयोग गर्ने एक जना पक्राउ

टिकटक र फेसबूकमा महिलाहरुको फोटो राखेर अश्लील शब्द प्रयोग गर्ने एक जना पक्राउ

images

इच्छाकामना न्युज

१२, आषाढ २०७८
टिकटक र फेसबूकमा महिलाहरुको फोटो राखेर अश्लील शब्द प्रयोग गर्ने एक जना पक्राउ
images


दाङ, १२ असार ।
सामाजिक सञ्जालमा महिलाहरुको फोटो राखेर अश्लील शब्दहरु प्रयोग गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विभिन्न समयमा फेक आइडीहरु खोली महिलाहरुको फोटो राखी फेसबूक, टिकटक मार्फत अश्लील शब्दहरु लेखी पोष्ट गरी चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पीडितसँग हातपात तथा अभद्र व्यबहार गरेको आरोपमा  दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ बुद्दी ग्यारेज बस्ने १९ वर्षीय डेविट पुनलाई प्रहरीले पक्राउ गरेको हो। 
पीडित पक्षको जाहेरीपछि प्रहरीले पुनलाई पक्राउ गरेको हो। पक्राउ परेका पुनमाथि अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - ०९:३२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology