Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस

images

इच्छाकामना न्युज

१२, आषाढ २०७८
आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस
images

काठमाण्डौं, १२ असार । 
आज जुन २६ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।
नेपालमा यस वर्ष लागुऔषधरहित परिवारः स्वस्थ जीवनको आधार भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्र सङ्घको विश्व लागुऔषध प्रतिवेदन २०२१ ले वर्षेनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखाएको छ । त्यस्तै नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकलन गरेको छ । लागुऔषधका प्रयोगकर्ता तथा कारोबारमा युवा वर्ग संलग्न भएको तथ्याङ्कले देखाउँछ ।

 

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - ०८:४९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology