काठमाण्डौ, ११ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ ।
प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको १९ औँ बैठकले आर्थिक वर्ष २०७७/७८ भित्रै सम्पन्नगर्ने लक्ष्य राखिएका निजी आवास लगायतका पुनर्निर्माणका काम २०७८ कार्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो ।
कोभिड–१९ महामारीको दोस्रो लहर नियन्त्रणका लागि घोषणा गरिएको निषेधाज्ञाका कारण निजीआवास पुनर्निर्माण लगायतका काममा अवरोध आएकाले यसअघिको बहिगर्मन तथा हस्तान्तरण कार्ययोजना परिमार्जन गरिएको प्राधिकरणले जनाएको छ ।