Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैधः प्रभु शाह

माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैधः प्रभु शाह

images

इच्छाकामना न्युज

११, आषाढ २०७८
माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैधः प्रभु शाह
images

रौतहट, ११ असार । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रभु साहले निर्वाचन आयोगलाई ९ वर्षसम्म पनि पार्टीको महाधिवेशन नगर्ने पार्टी अध्यक्ष र पार्टी कसरी वैधानिक भयो ? भन्दै प्रश्न गरेका छन् । रौतहटको मौलापुर नगरपालिकाको पाँचौ नगरसभालाई सम्बोधन गर्ने क्रममा नेता साहले वि.सं.२०६९ सालपछि सो पार्टीको महाधिवेशन नभएको भन्दै नेपालको संविधान अनुसार सो पार्टी खारेज भइसकेको जिकिर गर्दै निर्वाचन आयोगले दबाब र प्रभावमा नपरी आफ्नो कारवाही अगाडि बढाउनुपर्ने माग गरे ।

सम्बोधनको क्रममा उनले आवाधिक महाधिवेशन नगर्ने माओवादी केन्द्र पार्टी र त्यसका अध्यक्ष प्रचण्ड दुबै अवैध भएको जिकिर गरेका छन् । ‘म प्रचण्डलाई सोध्न चाहन्छु माओवादी केन्द्र पार्टी वैधानिक छ कि छैन् ?’ उनले भने, ‘आफूलाई पार्टीको अध्यक्ष बन्नुहुन्छ । कुन नियम कानूनले उनी अध्यक्ष भए म सोध्न चाहन्छु ।’

उनले ५ वर्षमा एक पटक कुनैपनि पार्टीको महाधिवेशन हुनुपर्ने संविधानमा उल्लेख भएपनि माओवादी केन्द्रले ९ वर्षसम्म पनि महाधिवेशन नगरी चुपचाप बस्दा निर्वाचन आयोगले पनि केही नगरेको आरोप लगाउँदै निर्वाचन आयोगलाई संवैधानिक निकायको रुपमा निष्पक्ष भएर काम गर्न र कुनै नेताको कठपुतली नबन्न सुझाए ।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - ०८:४७:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology