Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दाङमा मध्यरातमा पतिलाई रुखमा बाधेर पत्नि र सालीलाई बलात्कार

दाङमा मध्यरातमा पतिलाई रुखमा बाधेर पत्नि र सालीलाई बलात्कार

इच्छाकामना न्युज

८, आषाढ २०७८
दाङमा मध्यरातमा पतिलाई रुखमा बाधेर पत्नि र सालीलाई बलात्कार
images

दाङ, ८ असार । दाङको लमहीमा तरवार देखाएर श्रीमानलाई रूखमा बाँधेर श्रीमती र सालीमाथि बलात्कार भएको घटना बाहिरिएको छ। 

images
images

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुरको जंगलमा तीन जनाको समूहले एउटा टिपर चालक, सहचालकलाई रूखमा बाँधेर चालककी श्रीमती र सालीमाथि बलात्कार गरेको भन्ने खुल्न आएको सेतोपाटीलाई बताए। 

घटना आइतबार राति दश बजेपछिको हो। 

रोल्पाबाट दाङको लमही ७ स्थित सम्राट सिमेन्ट उद्योगमा चुन ढुंगा छोडेर फर्किंदै गरेको टिपरलाई ओभरटेक गरी एउटै मोटरसाइकलमा सवार तीन जनाले उनीहरूलाई जंगलको बीचमै बन्धक बनाएका थिए। 

‘सुरूमा अगाडिबाट बाटो छेकेर ट्रकको सिसा फुटाइदिएछन्,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘त्यसपछि चालक  र सहचालकलाई तरवार देखाउँदै रूखमा लगेर गाडीकै नाइनलको डोरीले बाँधेर दुई जना महिलामाथि जबरजस्ती बलात्कार गरेको देखिन आएको छ।’

सुरूमा अन्दाजी २९ वर्ष जतिका चालक र २४ वर्ष जतिका सहचालकलाई रूखमा बाँधेपछि चालककी २७ वर्षीया श्रीमती र २० वर्षीया सालीलाई जंगलमा लगेर बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ। 

उनीहरूले झण्डै पौने एक घण्टापछि डोरी फुकाउन सफल भएका थिए। प्रहरी निरीक्षक पौडेलका अनुसार त्यसपछि डरले सहचालक रूखको टुप्पोमा बसेर रात बिताएका थिए। तर, चालक भने पैदल हिँडेर सशस्त्र प्रहरीको क्याम्पमा सोमबार बिहान साढे २ बजेतिर पुगेपछि घटनाबारे प्रहरीले सूचना पाएको थियो। लगत्तै सशस्त्र प्रहरी र प्रहरी अपहरण गरी बेपत्ता पारिएका दुई महिलाको खोजीमा निस्किएका थिए। 

खोजी गर्ने क्रममा बिहान ५ बजेतिर मात्रै उनीहरू फेला परेको प्रहरी निरीक्षक पौडेलले बताए। 

उनीहरूबाट ती समूहले ५५ देखि ६० हजार नगद र दुई महिलाको झन्डै ४०/५० हजार जतिको सुनको गरगहना पनि लुटेर लगेको प्रहरीले जनाएको छ। 

घटनामा संलग्न रहेको आशंकामा सोमबार बिहान साढे ५ बजेतिर लमही ७ कमानपुरका २१ वर्षीय किरण बुढालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी स्रोतका अनुसार सोही ठाउँका अन्दाजी २० वर्षीय प्रेम परियार र लमही ६ देउपुरका सोही उमेरका अजुर्न चौधरी फरार छन्। 

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक पौडेलले  पक्राउ परेकाविरूद्ध जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र डकैती गरी तीन वटा शीर्षकमा मुद्दा चलाउने तयारी गरेको जानकारी दिए। 

घटनास्थल एकलाश ठाउँमा छ। पूर्वपश्चिम राजमार्गदेखि सम्राट सिमेन्ट उद्योग जान जंगलको बाटो भएर जानुपर्ने हुन्छ। 

images
प्रकाशित मिति :आषाढ ८, २०७८ मंगलवार - ०७:४०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology