Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राष्ट्रिय क्रिकेट टिमको नयाँजर्सी छनोटका लागि समिति गठन 

राष्ट्रिय क्रिकेट टिमको नयाँजर्सी छनोटका लागि समिति गठन 

images

इच्छाकामना न्युज

७, आषाढ २०७८
राष्ट्रिय क्रिकेट टिमको नयाँजर्सी छनोटका लागि समिति गठन 
images

काठमाण्डौ, ७ असार । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको नयाँजर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन गरेको छ । क्यानले आज क्यानका तीन सदस्य र प्रायोजकका एक सदस्य रहेको जर्सी छनोट समिति गठन गरेको हो।

समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् भने प्रायोजकको तर्फबाट रहेका सदस्यको नाम खुलाईएको छैन ।

क्यानले तयार गरेको समितिले आवेदन परेको मध्यबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्नेछ र, क्यानको बोर्डमा पेश गर्नेछ । क्यानको बोर्डले जर्सीको अन्तिम छनोट गर्नेछ । क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको जर्सी छनोट गर्न लागेको हो ।

क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजकमाई सेकेन्ड टिचर (एमएसटी) ले दुई साता अघि जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । क्यानले ५ सय बढी जर्सीको डिजाइन प्राप्त भएको समेत जनाएको छ ।

उत्कृष्ट जर्सी डिजाइन गर्नेले पुरस्कार स्वरुप एक लाखपाउने छन् ।

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - २०:१२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology