Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

दल परिवर्तन गरेकालाइ पार्टीबाट निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय

दल परिवर्तन गरेकालाइ पार्टीबाट निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय

इच्छाकामना न्युज

७, आषाढ २०७८
दल परिवर्तन गरेकालाइ पार्टीबाट निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाण्डौ, ७ असार । नेकपा माओवादी केन्द्रले दलबदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको छ । आज भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको हो ।  

images

माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् । यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

सोही अधिकार अनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दलत्यागको सूचना जारी गरेको थिएन ।  

माओवादी केन्द्रका नेता देव गुरुङले दलबदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - २०:०७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology