Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोभिड सङ्क्रमण मुक्त भएपछि पनि समस्या 

कोभिड सङ्क्रमण मुक्त भएपछि पनि समस्या 

images

सिआईएन

५, आषाढ २०७८
कोभिड सङ्क्रमण मुक्त भएपछि पनि समस्या 
images

सुसीला श्रेष्ठ, काठमाण्डौ, ५ असार । नुवाकोटका केदार ढकाललाई कोरोना सङ्क्रमण भएर निको भएको झण्डै एक महिना हुन लाग्यो । नतिजा नेगेटिभ आए पनि अहिलेसम्म उहाँलाई टाउको दुख्ने, हातखुट्टा गल्ने, धेरै थकान महसुस हुने गरेको छ ।

२४ वर्षका राजिब भण्डारीलाई पनि कोरोना निको भएको महिना दिन वढी भयो । अहिले पनि कोरोना  सङ्क्रमणका बेला देखिएका केही लक्षण अझै देखा परिरहेको छ । अहिले उहाँले डाक्टरको सल्लाह अनुसार उपचार गराईरहनु भएको छ । कोरोना सङ्क्रमण भई पिसिआर नतिजा नेगेटिभ आइसकेपछि पनि पुनः लक्षणहरु देखिनुलाई ‘पोस्ट कोभिड–१९ सिन्ड्रोम’ भनिन्छ ।

कोरोनामुक्त भएका जुनसुकै व्यक्तिमा पोस्ट कोभिड देखा पर्नसक्ने डाक्टरहरु वताउछन् । पोष्ट कोभिडका बिरामीहरूमा आन्द्रा, मृगौला, फोक्सो र मुटुलाई क्षति पुग्न सक्छ । उनीहरुमा उदासीपना, टाउको दुख्ने, धेरै थकान महसुस हुने, मांसपेशी कमजोर हुने, जोर्नी दुख्ने, शरीर तातो महसुस हुने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छ । छाती दुख्ने, मुटुको चाल बढ्ने, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पखाला लाग्न सक्ने, खोकी लाग्ने जस्ता लक्षण देखा पर्न सक्ने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर शेर बहादुर पुन बताउनुहुन्छ ।

उहाँका अनुसार सबैलाइ यस्तो नहुन पनि सक्छ । जसलाइ यस्तो समस्या हुन्छ, उनीहरुले नआत्तिकन डाक्टरहरुको सल्लाहमा औषधि सेवन गर्नुपर्छ भने कोरोना भएको समयमा जस्तै स्वास्थ्य साबधानी अपनाउनुपर्छ ।  पोस्ट कोभिड ६ महिनासम्म पनि देखिन सक्ने भएकाले सन्तुलित खानपान, हल्का शारीरिक अभ्यास र समस्या अनुसार आवश्यक औषधि सेवन गर्न सङ्क्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुबेदीको सल्लाह छ ।

कोभिड पछिका यस्ता समस्याले लामो समयसम्म शारीरिक र मानसिकरुपमा दुःख दिइरहन सक्ने भएकाले बेलैमा सचेत भइ उपचार गराउन डाक्टरहरु सुझाव दिन्छन् ।पछिल्लो समय कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी देखिए पनि ‘पोस्ट कोभिड’ अर्थात कोभिड पछिको समस्या बढ्न थालेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

सङ्क्रमित भएका व्यक्तिको कोरोना नभएको नतिजा आएको हप्तौं वा महिनौं सम्म स्वास्थ्यमा विभिन्न खालका समस्या देखिने गरेका छन् । 

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - १०:५४:१४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology