Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली हुने 

आज मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली हुने 

इच्छाकामना न्युज

५, आषाढ २०७८
आज  मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली हुने 
images

चितवन, ५ असार । आज मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ ।

images
images

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ ।

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

यसैबीच महाकाली नदीले सतर्कता तह पार गरेको छ । आज विहान साढे ६ बजेको मापन अनुसार महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सतर्कता तह पार गरिसकेको र बाढी बढिरहेकोले महाकाली नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई साँझसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - १०:३०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology