Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकीका मुख्यमन्त्री पोखरेललाइ विश्वासको मत प्राप्त 

गण्डकीका मुख्यमन्त्री पोखरेललाइ विश्वासको मत प्राप्त 

इच्छाकामना न्युज

४, आषाढ २०७८
गण्डकीका मुख्यमन्त्री पोखरेललाइ विश्वासको मत प्राप्त 
images

पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गर्नुभएको छ ।  मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी आज प्रस्ताव पेस गर्नुभएको थियो ।

images
images

उहाँको पक्षमा ३१ मत परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो  । यसैगरी विश्वासको मतको विपक्षमा २७ मत प्राप्त भएको छ । प्रदेश सभामा सभामुख सहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए ।  २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत माग्नुभएको हो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।  पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो ।

जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछी सभामा सांसद कायम संख्या ५९ छ । मुख्यमन्त्रीलाई काँग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जसपाका २ ÷ २ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ । 

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - २०:२३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology