Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

विभिन्न २ सय प्रजातिका बिरुवा रोपेर देवघाटमा मनाइयो चुरे संरक्षण दिवस 

विभिन्न २ सय प्रजातिका बिरुवा रोपेर देवघाटमा मनाइयो चुरे संरक्षण दिवस 

images

करिश्मा गुरुङ

३, आषाढ २०७८
विभिन्न २ सय प्रजातिका बिरुवा रोपेर देवघाटमा मनाइयो चुरे संरक्षण दिवस 
images

देवघाट, ३ असार । तनहुँको देवघाटमा विभिन्न प्रजातिका बिरुवा रोपेर चुरे संरक्षण दिवस मनाइएको छ । असार ३ गतेका दिन आज डिभिजन वन कार्यालय तनहुँ दमौलीको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा “चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई” भन्ने मुल नाराका साथ देवघाट गाउँपालिकाको  सिटी हल परिसरमा १२ प्रजातिका  बरूवाहरू लगाएका छन् ।  म्याङ्गो स्टिक, कपुर, अमला, श्रीखन्ड,रक्तचन्दन, अशोक , तेजपत्ता, अम्बा , धुपी, कटहर, बेल, पारिजात लगाएतका बिरूवाहरू गरेर २०० भन्दा बढी बिरूवाहरू रोपेर २०७८ चुरे संरक्षण दिवस मनाइएको हो ।

202194813_972736476881995_3651385328935852224_n.jpg

चुरे दिवस देवघाट गाउँपालिकाको सिटि हलमा औपचारिक कार्यक्रम गर्दै दिवस मनाइएको हो । कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले चुरे आम नागरिकको जीवन तथा सभ्यता भएको बताउनुभयो । देवघाट गाउँपालिकाभित्र पनि थुप्रै चुरे क्षेत्रहरू रहेकोले सो चुरे क्षेत्रको संरक्षणमा सबै देवघाटवासि लाग्नुपर्नेमा थापाले जोड दिएका थिए । देवघाट क्षेत्रमा लियो क्लव अफ चौतारी देवघाटले सडकको वरपर धार्मिक विरुवा रोप्न लागेको अध्यक्षले थापाले बताउनुभयो । उहाँले लियो क्लव अफ चौतारी देवघाटले हरेक कदममा साथ दिदै कार्यहरू गरेको बताए ।  

202088975_481461686280119_5590959132987860616_n.jpg

सोही कार्यक्रमलाई सम्वोधन गदैँ देवघाट गाउँपालिका प्रवक्ता एवं देवघाट गाउँपालिका ५ नम्बर वडाअध्यक्ष याल बहादुर गुरुङले चुरे वनको संरक्षण गर्न सबै नागरिकसँग आग्रह गर्दै बिरुवा रोपेर मात्र नभई रोपिसकेका बिरूवाहरूलाई संरक्षण गर्न महत्त्वपूर्ण रहेको बताउनु भएको थियोे । 

199355277_129458769210802_399926558358488556_n.jpg

सोहि कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले देवघाट कमिटि अध्यक्ष केशव न्यौपानेले चुरेले माया गरेर बचाउ भनि रहेको बेला हामी त्यसको अतिक्रमणमा लागेको भन्दै अतिक्रमण रोक्न हामि सबै लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा देवघाट वुद्धिजिवी परिषद्का अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुसिल लामिछाने,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्थ इलाका वन कार्यालय देवघाट तनहुँका प्रमुख नवराज घिमिरे, लियो क्लव अफ चौतारी देवघाट, स्थानियवासी लगायत धेरै बुद्धिजीवी महानुभावहरूको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - २२:१२:३६ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology