आँबुखैरेनी, १ असार । निरन्तर झरी परे सँगै मर्स्याङ्दी नदिमा पानीको सतह बढ्दा आँबुखैरेनीको केही क्षेत्रहरु डुबानमा परेको छ।
स्थानियले दिएको जानकारी अनुसार आँबुखैरेनी स्थित रामशाहघाट दोभानमा रहेको कृयापुत्री भवन र आँबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको जेनेरेटर कक्ष भएको भवन डुबानमा परेको छ। यस्तै आँबुखैरेनी पारिपट्टी गोरखामा रहेको रामशाहघाट दोभानमा संचालन हुने हाटबजार क्षेत्र समेत डुबानमा परेको छ।