Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

‘प्रधानमन्त्री ओलीको हत्या’ गर्न तयार रहेको कांग्रेस सांसदको विवादित भनाई

‘प्रधानमन्त्री ओलीको हत्या’ गर्न तयार रहेको कांग्रेस सांसदको विवादित भनाई

images

इच्छाकामना न्युज

२९, जेठ २०७८
‘प्रधानमन्त्री ओलीको हत्या’ गर्न तयार रहेको कांग्रेस सांसदको विवादित भनाई
images

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।

काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ । वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन् ।

सन १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए । उनले राजेन्द्र महतोसहितका नेतालाई मन्त्रिपरिषदमा समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर आफू गोड्से बन्न तयार रहेको बताएका थिए । उनले ओलीलाई अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार नभए आफू बन्न तयार रहेको बताए । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - ०८:२९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology