Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नयाँ मन्त्रपरिषद् विस्तारमा चितवनकी उत्कृष्ट अंग्रेजी शिक्षिका नैनकला बनिन् पहिलो महिला सञ्चारमन्त्री

नयाँ मन्त्रपरिषद् विस्तारमा चितवनकी उत्कृष्ट अंग्रेजी शिक्षिका नैनकला बनिन् पहिलो महिला सञ्चारमन्त्री

images

इच्छाकामना न्युज

२७, जेठ २०७८
नयाँ मन्त्रपरिषद् विस्तारमा चितवनकी उत्कृष्ट अंग्रेजी शिक्षिका नैनकला बनिन् पहिलो महिला सञ्चारमन्त्री
images

चितवन, २७ जेठ । चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको अंग्रेजी विषयकी पूर्वशिक्षिका नैनकला थापा नेपालको सञ्चार मन्त्री बनेकी छन् ।सञ्चारमन्त्री थापाको घर भरतपुर महानगरपालिका वडा नम्बर १० पुरानो मेडिकल कलेज अगाडि रहेको छ ।

बागलुङ भिमपोखरामा २०१६ सालमा जन्मिएकी नैनकला एसएलसी सकिएसँगै उनी अध्ययन गरेकै बुटवलको कालिका माविमा शिक्षिका भइन् । शिक्षिकासँगै शिक्षा संकायको पढाईलाई पनि निरन्तर दिइन् ।

चितवनमा उनलाई नजिकबाट चिन्ने आफन्तहरुले जनाए अनुसार २०३८ नेकपा (चौथो महाधिवेशन) बाट पार्टी सदस्यता लिएकी उनले रुपन्देहीको अखिल नेपाल महिला संघकी जिल्ला सचिव भइन् । आन्दोलनकै क्रममा २०४० सालमा उनको रामबहादुर थापा ‘बादल’सँग विवाह गरिन् ।

रुसको अध्ययन छोडेर आन्दोलनमा होमिएका बादलसँगको भेट गराउने मेसो सूर्या थापाले गरिदिएकी थिइन् । सूर्या नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी माइजु हुन् ।

विवाहपछि नैनकलाले पढाई, राजनीति, पारिवारिक जिम्मेवारी एकैसाथ बहन गर्दै आइन् । ‘मास्टर, पढाई, राजनीति दिदीले सँगसँगै अघि बढाइन्’, भाइ ठाकुर थापाले भने । शिक्षणसँगै नैनकलाले शिक्षा र मानविकीमा स्नातक गरिन् । विवाहसँगै उनको भूगोल फेरियो । बादलसँग विवाह गरेपछि उनी नारायणी मावि, चितवनमा सरुवा भइन् । त्यहाँ उनी उत्कृष्ठ शिक्षिका समेत घोषित भएकी थिइन् ।

नैनकलालाई नजिकबाट चिन्ने चितवनका शिक्षाविद्ध रमाकान्त सापकोटाले नारायणी माविमा नैनकलासँगै पढाएका थिए । उनले भने, ‘ उहाँ माध्यमिक तहमा अंग्रेजी पठाउनु हुन्थ्यो । मेरो मेडम नारायणी सापकोटाको अत्यन्त मिल्ने साथी हनुहुन्छ । उहाँले सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नात्तकोत्तर तह पनि भर्ना भएर पढ्नु भएको थियो । ’ शिक्षाविद्ध सापकोटाले शिष्ट, शालिन, उत्कृष्ट शिक्षिकाको रुपमा नैनकलाको स्मरण गरे ।

नेकपा (मसाल)को विभाजन हुनै लाग्दा २०४२ मा उनी अखिल नेपाल महिला संघको केन्द्रीय महासचिव बनिन् । पछि मसाल मोटो र पातलो भनेर विभाजन भयो । २०४७ मा नैनकला अखिल नेपाल महिला संघ केन्द्रीय संयोजक बनिन् ।

तात्कालिन एकताकेन्द्र गठनपछि उनी २०५० मा एकीकृत अखिल नेपाल महिला संघ केन्द्रीय महासचिव बनिन् । शान्ति प्रक्रियापछि नैनकला राष्ट्रिय महिला आयोगको अध्यक्षको (२०६४–२०६८) जिम्मेवारी सम्हालिन् । त्यससँगै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिलासम्बन्धी विज्ञ समूहको सदस्यका रुपमा पनि उनले काम गरिन् ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - २०:५६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology