Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आईपीएल क्रिकेटमा मुम्बई प्ले अफमा, आज चेन्नई र कोलकोत्ताबीच खेल हुने

आईपीएल क्रिकेटमा मुम्बई प्ले अफमा, आज चेन्नई र कोलकोत्ताबीच खेल हुने

एजेन्सी

१३, कार्तिक २०७७
आईपीएल क्रिकेटमा मुम्बई प्ले अफमा, आज चेन्नई र कोलकोत्ताबीच खेल हुने
images

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ। आबुधाबीमा हिजोराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफमा पुगेको हो।
शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। जितपछि १२ खेलमा १६ अङ्क जोडेको मुम्बई आठ जितसहित शीर्ष स्थानमा यथावत रहेको छ। 
बैंगलोर भने १२ खेलमा १४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । लिगमा आज चेन्नई सुपर किङ्स र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

images
images

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ०९:३३:२८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology