Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाजुरामा १ करोड ८० लाखको लागतमा निमार्ण गरिएको नहरमा पानी आएन 

बाजुरामा १ करोड ८० लाखको लागतमा निमार्ण गरिएको नहरमा पानी आएन 

इच्छाकामना न्युज

२७, जेठ २०७८
बाजुरामा १ करोड ८० लाखको लागतमा निमार्ण गरिएको नहरमा पानी आएन 
images

जीवन कैला, बाजुरा, २७ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानियले पानी अभावका कारण सिचाइँ गर्न समस्या भएको बताएका छन् । जगन्नाथ गाउँपालिकाले निर्माण सम्पन्न गरेको कालगाड कापु सिचाइँ नहरमा पानी आउन छोडे पछि सिचाइँ गर्न समस्या भएको स्थानियले बताएका हुन् ।

images
images

वडा नम्बर ६का स्थानियको सिचाइँ समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाको १ करोड ८० लाख लागतमा निर्माण गरेको नहरमा पानी आउन छोडेपछि स्थानियलाई धानको वेर्ना जोगाउन समस्या भएको स्थानिय रामलाल विष्टले जानकारी दिनुभयो । सिचाइँ नहर सम्पन्न भएको करिब चार महिना वितिसक्दा पनि नहरमा पानी आए नआएको र गाउँपालिकाले अनुगमन समेत नगरेको उहाँले गुनासो गर्नुभयो ।

आकासे पानीको भरमा खेति हँुदै आएको अवस्थामा सिचाइँ नहर निर्माण हँुदा केहि सहज होला भन्ने आशमा रहेका स्थानियलाई नहर सुख्खा भएको देख्दा चिन्ता थपिएको अर्का स्थानिय कुम्मराज रावलले बताउनुभयो । पानी अभावका कारण वडा नम्बर ६का करिब ४ सय ५० बढी स्थानियलाई धान र कोदाको विउ जोगाउन मुस्किल भएको उहाँले बताउनुभएको छ । 

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - २०:१८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology