Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एमाले नेता नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै 

एमाले नेता नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै 

images

इच्छाकामना न्युज

२२, जेठ २०७८
एमाले नेता नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै 
images

काठमाण्डौ, २२ जेठ । एमाले असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो भर्चुअल माध्यमबाट हुने नेता बेदुराम भुसालले सीआईएनसँग बताउनुभयो ।

आज स्थायी कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने नेपाल–खनाल पक्षको तयारी छ । पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने निष्कर्ष हिजोको केन्द्रीय समितिको बैठकले निकालेको थियो ।

बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकाले सकभर निश्चित समयसीमा तोकेरै वार्ता गर्नुपर्ने, त्यसबीचमा पनि सहमति नभए पार्टी पुनर्गठनलाई मूर्तरूप दिन नयाँ विकल्पमा जानुपर्ने सुझाव दिएका थिए ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - ०९:१०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology