Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भारतमा कोरोना कम हुन थालेपछि लकडाउन खुकुलो पारिदै 

भारतमा कोरोना कम हुन थालेपछि लकडाउन खुकुलो पारिदै 

images

एजेन्सी

२१, जेठ २०७८
भारतमा कोरोना कम हुन थालेपछि लकडाउन खुकुलो पारिदै 
images

भारतमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमितको संख्या र मृत्युदर घट्दो दरमा देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार ३७१ जना नयाँ सङ्क्रमित थपिएको कोरोनाको तथ्याङ्क अद्यावधि गरिरहेको वल्र्डओ मिटरले जनाएको छ ।  

भारतमा मृत्यु दर पनि घट्दो दरमा देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा २७ सय ६ को मृत्यु भएको छ।  कोरोना सङ्क्रमणदर घट्न थालेपछि केही प्रान्तहरुमा जारी लकडाउन खुकुलो पार्न थालिएको छ । कोरोना सङ्क्रमणको जोखिम कम रहेका क्षेत्रहरुमा दैनिक जनजीवन सहज बनाउन लकडाउन खुकुलो पार्न थालिएको हो ।

महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा आजबाट लकडाउन अन्त्यको घोषणा गरिएको छ । मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको थियो । अब चरणवद्ध तरिकाले लकडाउन हटाइने बताईएको छ । विहारमा ८ जुनसम्मका लागि लकडाउन भएपनि खुकुलो पारिएको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २०:४६:३३ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology