Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत नियुक्त

प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत नियुक्त

images

रासस

२१, जेठ २०७८
प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत नियुक्त
images

काठमाडौँ, २१ जेठ । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

कानून व्यवसायीसमेत रहनुभएका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गर्नुभएको थियो । काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आउनुभएको थियो ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - ०८:५०:२७ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology