Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एमालेका दुवै पक्षले बैठक बोलायो

एमालेका दुवै पक्षले बैठक बोलायो

images

इच्छाकामना न्युज

२०, जेठ २०७८
एमालेका दुवै पक्षले बैठक बोलायो
images

काठमाण्डौ, २० जेठ । नेकपा एमालेको दुवै समूहले आज बैठक बोलाएको छ । संस्थापन पक्षले स्थायी कमिटी र खनाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । हिजो दिउँसो ४ बजेका लागि बोलाइएको संस्थापन पक्षको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गरिएको हो । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

अस्ति मंगलवार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो । यस्तै नेकपा एमालेको खनाल-नेपाल समूहले बिहान ११ बजेका लागि आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ । 

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको खनाल-नेपाल समूहका नेताहरुले बताएका छन् । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनेबारे दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले छलफल गरिरहेको समयमा खनाल-नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् । 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ को जेठ २ को अवस्थामा फर्कन तयार रहेको बताउनुभएको छ । तर त्यसका लागि संविधानको धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै खनाल-नेपाल समूहका सांसदले दिएको समर्थन फिर्ता गर्नुपर्ने उहाँको सर्त छ । 

यस्तै नेता माधव कुमार नेपालले पार्टी मिल्न सक्ने आधार अध्यक्ष ओलीले नै भत्काउँदै लगेको भन्दै प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्नुपर्ने अर्को सर्त अघि सार्नुभएको छ । पार्टी विभाजनको संघारमा पुगेकै बेला दुवै पक्षका दोस्रो तहका नेताहरु एकता जोगाउन भन्दै निरन्तर छलफलमा छन्।

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ०७:५६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology