Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँको देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँद्वारा आयुर्वेदिक औषधीहरू हस्तान्तरण

तनहुँको देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँद्वारा आयुर्वेदिक औषधीहरू हस्तान्तरण

गाउँपालिका अध्यक्ष थापाद्वारा संक्रमितहरुलाई तत्कालै उक्त औषधी वितरण

images

करिश्मा गुरुङ

१९, जेठ २०७८
तनहुँको देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँद्वारा आयुर्वेदिक औषधीहरू हस्तान्तरण
images

देवघाट, १९ जेठ । तनहुँको देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तनहुँले विश्वव्यापी रूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदिक औषधीहरू हस्तान्तरण गरेको छ ।  प्रारम्भिक अवस्था देखि नै होम आइसोलेसन र आइसोलेसन सेन्टरहरुमा योग तथा आयुर्वेदिक औषधिहरू वितरण गर्दै आइरहेको केन्द्रले आज गाउँपालिकालाई पनि औषधीहरु हस्तान्तरण गरेको हो। 

195521650_3018630668385277_1555323522947549203_n.jpg

केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले दिएको जानकारी अनुसार त्रिकटु चुर्ण, गुडुची चुर्ण, यष्टिमधु चुर्ण, अखरगन्ध चुर्ण, महासुदर्शन चुर्ण, लक्ष्मी विलास रस ( नारदीय ) लगाएतका आयुर्वेदिक औषधीहरू देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापालाई हस्तान्तरण गरिएको हो ।

औषधीहरु नागरिक आरोग्य केन्द्रका  कर्मचारीहरू मार्फत प्रत्येक होम आइसोलेसनमा रहेका व्यक्तिहरूलाई दिने गरी हस्तान्तरण गरिएका हुन् । 
औषधी हस्तान्तरण गर्दै कोरोना पोजेटिभ देखिए पश्चात् व्यक्तिमा अनेक प्रकारका कुराहरू खेल्ने हुदाँ बिरामीमा कुनै पनि किसिमको मानसिक तनाब नहोस भन्ने हेतुले औषधी वितरण गर्दै आइरहेको मण्डलले बताए। यस्तै संक्रमित पुष्टि भएको १४ दिन कट्टेपछि भने यो औषधि दिन नपर्ने उनले बताए।

194838695_148193930678351_8289697087806100540_n.jpg

संक्रमित भैसकेपछि व्यक्तिको युनिटि पावर घट्ने जागर नलाग्ने जस्ता समस्यालाई समाधान गर्ने भएकोले सो पावरलाई बढाई कोरोनालाई जित्ने सक्ने शक्ति प्राप्त गर्नको लागि  उक्त औषधीको प्रयोग गरिने डा. मण्डलले बताए । उनले आयुर्वेदिक औषधी आवश्यक परेमा उपलब्ध गराउने बताउदैँ अनावश्यक रूपमा कोरोनाको औषधी हुन्छ भनेर नहुने बस्तुहरू औषधीको रूपमा प्रयोग नगर्न अनुरोध गरेका थिए ।

यसैबिच देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई औषधी उपलब्ध गराईदिएकोमा धन्यवाद दिदैँ आगामी दिनहरूमा पनि आवश्यक परेको खण्डमा स्वास्थ्य केन्द्रलाई जानकारी गराउने बताए। 

194425139_1369370583439028_2333250773859556292_n.jpg

यस्तै गाउँपालिकालाई केन्द्रबाट प्राप्त आयुर्वेदिक औषधीहरु आजै संक्रमितको घरमै पुगेर गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा सहितको टोलीले वितरण गरेको छ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - २०:२७:४६ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology