Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

कोरोना प्रभावका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माणधिन पुल निर्माणको काम प्रभावित

कोरोना प्रभावका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माणधिन पुल निर्माणको काम प्रभावित

images

रासस

१९, जेठ २०७८
कोरोना प्रभावका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माणधिन पुल निर्माणको काम प्रभावित
images

चितवन, १९ जेठ । कोरोना संक्रमणको दोस्रो लहर र जारी निषेधाज्ञाका कारण नारायणगढ–मुग्लिङ सडक अन्तर्गतका पुल निर्माणको काम प्रभावित भएको छ । निर्माणका काममा रोकटोक नभए पनि श्रमिक अभाव हुँदा समस्या भएको निर्माण व्यवसायीहरू बताउँछन् ।

यो सडकमा भासिएको ठाउँमा मर्मतको काम पनि सुरु भएको छ । तर मर्मतका लागि भारतबाट सामग्री आउन ढिलाइ हुनसक्ने देखिएको निर्माण व्यवसायीको भनाइ छ ।

नारायणगढ–मुग्लिङ सडकमा १८ वटा पुल छन् । पहिला साढे पाँच मिटरको हाराहारीमा फराकिलो यो सडकलाई तीन वर्षअघि विस्तार गरेर एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाइएको छ । अहिले यो सडक ९–११ मिटर चौडा छ ।

सडक विस्तार भए पनि त्यसअनुरूप पुलहरू फराकिला छैनन् । त्यसैले पुल पनि फराकिलो बनाउन थालिएको हो । तीनवटा पुल निर्माण भइसकेका छन् ।

‘बाँकी १५ मध्ये ८ वटाको काम सुरु भइसकेको छ । ७ वटाको डिजाइन तयार हुँदै छ । जसमध्ये ३ वटाको काम पनि यसै वर्ष सुरु हुन्छ भन्ने आशा छ,’ नारायणगढ–मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले भनिन् ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - १०:२६:४५ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology