Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदै 

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदै 

इच्छाकामना न्युज

१९, जेठ २०७८
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदै 
images

दाङ, १९ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । दिउँसो १ बजेप्रदेश सभा बैठक बस्ने तय गरिएको छ । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

images
images

यस वर्ष कोरोना नियन्त्रण तथा कोरोनाले पारेको आर्थिक मन्दीलाई चलायमान बनाउन बजेटले प्राथामिकता दिने लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । आजको बैठकमा विपक्षी दलहरुले भने मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन ।

गएको बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै अर्कै बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धनमा तीव्र असन्तुष्ट रहदै आएको छ । 

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - ०९:५६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology