धनु भुषाल, नवलपरासी पुर्व, १८ जेठ । नवलपरासी पुर्वको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि कोरोना सङ्क्रमितको उपचारमा सजिलो भएको छ । अक्सीजन सिलिण्डर जोह गर्न बिभिन्न ठाउँमा भौतारिनुपर्ने बाध्यता झेल्दै आएका विरामिका आफ्न्त सबभन्दा धेरै खुसी छन् । अक्सिजन आपूर्ति गर्न समस्या भएपछि अस्पतालमा नै अक्सिजन प्लान्ट स्थापना गरी उत्पादनको काम अगाडि बढाइएको हो ।
अहिले अक्सिजन पाइपलाइनमार्फत बिरामी राखिएको शैयासम्म पु¥याउन थालिएको मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. बिर बहादुर थापाले बताउनुभयो । दैनिक १८ वटा ठुलो शिलिन्डर बराबरको अक्सिजन उत्पादन हुनेछ भने अहिले २० वेडलाई पाइपलाइनमार्फत अक्सिजन दिन सकिन्छ । २४ सैं घण्टा अक्सिजन सप्लाइ गर्न सकिने यो अक्सिजन प्लान्ट ५ एमएमसीको हो ।
यसले हावामा हुने २१ प्रतिशत अक्सिजनलाई प्रशोधन गरी नाइट्रोजन फाली अक्सिजनलाई ९५ प्रतिशत शुद्ध बनाउने काम गर्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । गण्डकी प्रदेश सरकारबाट अक्सिजन प्लान्टको लागि ३८ लाख र पाइपलाइनको लागि १९ लाख रुपौया बजेट विनियोजन गरिएको थियो ।
प्लान्ट यस अघि नै जडान गरिए पनि उत्पादन हुन सकेको थिएन । अक्सिजन प्लान्टको क्षमता वृद्धिको विभिन्न संघसस्थाबाट आवश्यक सहयोगको लागि पहल गर्ने निर्णय भएको बताउनुहुन्छ, प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी । मध्यविन्दु जिल्ला अस्पतालमा ४० वेड कोभिडका विरामीको लागि छट्टाइएको छ भने आवश्यकता अनुसार वेड थप्दै लगिएको छ । दक्षजनशक्तिको अभाावमा भने ३ वटा भेन्टिलेटर मेसिन सञ्चालनमा आउन सकेका छैनन् ।